
काठमाडौँ, १९ बैशाख । सरकारले सार्वजनिक यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्यका लागि थालेको अभियानमा पर्यटन व्यवसायीहरुले समेत साथ दिएका छन् ।
यातायात क्षेत्रको सिण्डिकेटका कारण पर्यटन क्षेत्रमा पनि असर पारेकाले यसको अन्त्य हुनुपर्ने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको ठहर छ ।
सिण्डिकेटका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुले निर्वाध रुपमा देशभर भ्रमण गर्न पाउने अधिकारलाई कुण्ठित गरेको तथा टुर संचालन अनावश्यक महंगो र झण्झटिलो भइरहेको संगठनले जनाएको छ ।
सिण्डिकेट प्रणाली गैरकानुनी र सबैले एक ठाउँबाट अर्काे ठाउँमा निर्वाध रुपमा यात्रा गर्न पाउने संवैधानिक स्वतन्त्रताको समेत विरुद्धमा रहेको संगठनले जनाएको छ ।
‘नेपाल सरकारले यातयात क्षेत्रका सबै किसिमका सिण्डिकेटहरुको खारेज गर्ने निर्णयको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन स्वागत गर्दछ’, संगठनका अध्यक्ष मदनकुमार आचार्यद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘साथै यस कार्यले पर्यटकहरुलाई स्तरीय, छरितो र शुलभ सेवा उपलब्ध गराउन सहयोग हुने कुरामा यस संगठन विश्वस्त रहेको छ ।’
















प्रतिक्रिया