१ कार्तिक २०८३, आइतबार

ताइवानी उत्पादक तथा सप्लायर उच्चस्तरिय प्रतिनिधि मण्डल नेपाल आउने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्न ताइवानी उत्पादक तथा सप्लायर सहितको उच्च स्तरिय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ ।
ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको हो । यही वैशाख ३० गते ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ ।
कार्यक्रममा इच्छुक सबै व्यापारी तथा खरिदकर्तालाई स्वागत गरिने नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिए। उनले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पीओएस प्रणाली, सेटटप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषिऔजार, फ्लोरिङ तथा फर्निसिङ, प्लास्टिक कच्चापदार्थ, हार्डवेयर सामग्री, औजार लगायतका विषयमा छलफल हुने बताए ।
नेपाली व्यवसायीहरूले आफ्नो रुचिको व्यवसायअनुसार सम्बन्धित ताइवानी व्यवसायीहरूसँग भेटघाट गरी व्यापारिक समझदारी गर्न सक्नेछन् । यसका लागि ९८५११०९१९१ वा ०१ ६२००५६६ मा फोन गरी प्रतिनिधिमण्डलका सदस्यबारे पूर्व जानकारी लिन तथा अग्रिम रूपमा भेटघाटको चाँजो मिलाउन सकिने न्यौपानेले बताए । साथै  कार्यक्रममा सहभागिता जनाउन नेपाली उद्योगी तथा व्यवसायिका लागि निःशुल्क रजिष्ट्रेसन गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा सप्लायरसँग अन्तरक्रिया कार्यक्रम मार्फत् आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुने विश्वास आयोजकको रहेको छ ।