२ कार्तिक २०८३, सोमबार

एमाले र माओवादीले बोलाए आकस्मिक बैठक, पार्टी एकीकरणबारे हुन सक्छ ठूलै निर्णय

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ वैशाख । पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रबीच आज आन्तरिक छलफल गर्दैछन् ।

माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्दैछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भइरहेको प्रगतिबारे ब्रिफिङ गर्ने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यसअघि मंगलबार एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष दाहालले एकरदुई दिनमै पार्टी एकताको घोषणा गर्ने तयारीमा आफूहरू रहेको बताएका थिए ।

एमालेले पनि आजै साँझ स्थायी समिति बैठक बोलाएको छ । साँझ छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।