काठमाडौं, १९ वैशाख । ३३ किलो सुन तस्करी प्रकरणमा बनाइएको छानबिन समितिको म्याद गुज्रिँदै लाग्दा पनि अपराधमा जोडिएका कतिपय पक्ष प्रस्ट हुन नसकेको गुनासा सतहमा आउन थालेका छन् ।
प्रहरी उच्च अधिकारीसहितको संलग्नतामा गायब पारिएको भनिएको ३३ किलो सुनको सोधखोज गर्न अझैसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विमानस्थलस्थित अध्यागमन कार्यालय र पर्याप्त रूपमा हवाई एजेन्सीलाई छानबिनको दायरामा ल्याइएको छैन ।
समितिले केही व्यापारी र प्रहरी नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
प्रहरी मात्रैको मिलेमतोमा विमानस्थलबाट सुन बाहिरिने हो त ? , छानबिन समितिमाथि अहं प्रश्न तेर्सिएको छ । सुन बरामद घटनाबारे विस्तृत अनुसन्धान नगरिएका कारणसमेत तस्करले उन्मुक्ति पाउने गरेका छन् ।
भन्सारको एक्सरे मेसिन छलेर सुन बाहिरिएको अवस्थामा त्यहाँ कार्यरत कर्मचारीको जफावदेहिताबारे गृहसहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समिति मौन छ ।
झन्डै एक महिनासम्म अनुसन्धानमा तल्लीन समितिको निष्कर्ष छ, ‘यसअघिका सुन बरामद घटना राजस्व अनुसन्धान विभागमा बुझाउने पुरानो प्रथाका कारण सुन हराउने र तस्कर मौलाउने गरेको देखियो ।’












प्रतिक्रिया