
काठमाडौँ, १८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषद् बैठक विरगंजमा बस्ने भएको छ ।
मंगलबार काठमाडौँमा बसेको केन्द्रीय पदाधिकारी बैठले आउँदो जेठ ७ देखि ९ गतेसम्म परिषद् बैठक विरगंजमा गर्ने निर्णय भएको हो ।
परिषदमा प्रस्तुत गरिने कार्ययोजना, कार्यपत्र, विधान संशोधनको सुझाव लगायतका बिषयहरुमा छलफल गर्न जेठ ६ केन्द्रीय कार्य समितिको बैठक पनि विरगंजमा बस्ने निर्णय भएको प्रवक्ता भुवन थापाले जानकारी दिए ।












प्रतिक्रिया