२२ कार्तिक २०८३, आइतबार

मुलुकको दु्रततर आर्थिक विकासको निमित्त मजदुरको भूमिका महत्वपूर्ण: कमल थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकहरुको हक हित र अधिकारको पक्षमा राप्रपा निरन्तर प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघद्वारा १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवस को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका ४० लाख श्रमजीवि युवाहरु विदेशमा श्रम गरिरहेको अवस्थामा मुलुक द्रुततर आर्थिक विकास गरि सामान्य रोजगारीका लागि विदेश जान नपर्ने अवस्थाको सिर्जना गर्ने राप्रपाको सपना र परिकल्पना रहेको उल्लेख गरे ।

मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यता समाप्त हुँदै गएको तथा अधिनायकवादले प्रश्रय पाउँदै गएको अवस्थामा राप्रपाले लिएको संवैधानिक राजसंस्था सहितको लोकतन्त्र र सर्वधर्म समभाव सहितको सनातन हिन्दु राष्ट्रको औचित्य अझ टड्कारो हुँदै गएको उनले बताए ।

जहाँ न्यायालय स्वतन्त्र र निष्पक्ष रहँन सक्दैन, प्रेस स्वतन्त्रता माथि अंकुश लाग्छ, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ, प्रशासनिक संयन्त्र कमजोर हुन्छ, त्यो राष्ट्र अगाडि बढ्न नसक्ने बताउँदै नेपालमा यिनै प्रवृत्तिको निरन्तर विकास हुँदै गएकोले राप्रपाले लिएको एजेण्डा झन प्रभावकारी बन्दै गएको उनले स्पष्ट पारे ।

अहिलेको अवस्थाले निरन्तरता पाउँदै गएमा मुलुकमा धान्नै नसक्ने धार्मिक द्वन्द्वको खतरा रहेको बताउँदै अध्यक्ष थापाले धर्म परिवर्तन, भ्रष्टाचार र साम्यवादी अधिनायकवादलाई समाप्त पार्न सके मात्र मुलुकमा जनताले खोजेको परिवर्तन, मुलुकको समग्र आर्थिक विकास र स्थायी रुपमा लोकतन्त्र सुदृढ भएर जाने विचार व्यक्त गरे ।