२२ कार्तिक २०८३, आइतबार

भेंडा चढाउन गएका धनबहादुुर मृत अवस्थामा फेला

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रुकुम, १८ वैशाख । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रनाउ श्रेष्ठका अनुसार उनी घरबाट भेंडा चढाउन गएका थिए । सोमबार असिना पानीसँगै चट्याङ परेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कामी चट्याङ लागेर वा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले रुकुम पठाइएको छ । –रासस