२२ कार्तिक २०८३, आइतबार

एमाले–माओवादीबीच अचानक एकता हुन्छ: रामनारायण बिडारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ बैशाख नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए ।

उनले एमाले–माओवादी केन्द्रबीच एकता हुने बताउँदै यसप्रति आशंका नगर्न आग्रह गरे । उनले भने,‘एकता रफ्तारमा छ, हामीबीच छिट्टै एकता हुन्छ ।’

एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गम्भिर छलफल चलिरहेको विडारीको भनाई थियो । आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेजस्तै अचानक नै पार्टी एकता हुने उनको भनाई थियो ।

उनले भने, ‘वाम गठबन्धन घोषणा गर्दा जसरी हामीले अचानक गरेका थियौैं, त्यसैगरि एकता गरेर ताजुव खुवाउँछौं ।’ उनले यही बैशाखभित्रै दुई पार्टीबीच एकता हुने विश्वास दिलाए ।