
काठमाडौँ, १८ बैशाख । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले विभिन्न बहानामा स्वास्थ्य संघ–संस्थामा हुने गरेका तोडफोडका घटनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।
१ सय २९ औं श्रमीक दिवसको अवसरमा ओम हस्पिटल कर्मचारी युनियनले मंगलबार गरेको कार्यक्रममा थापाले प्रशासनले गोप्य रुपमा तोडफोडका घटनालाई साम्य पार्ने प्रयास गर्दा समस्या झन् बल्झने गरेको टिप्पणी गरे । काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचित सांसद पनि समेत रहेका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउ“दै स्वास्थ्य ऐनको प्रभावकारी निर्माणस“गै त्यसको कार्यान्वयनमा जोड दिए ।
सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभएसम्म मुलुक समृद्ध हुनै नसक्ने थापाको भनाइ थियो । ‘समृद्धि व्यक्ति विशेषका लागि भन्दा पनि आम नागरिक केन्द्रित हुनुपर्छ’, थापाले भने । थापाले प्रजातान्त्रिक हक अधिकार सुनिश्चित भएस“गै टे«ड युनियनको दायरा फराकिलो भएको तर्क गरे ।
ओम हस्पिटल कर्मचारी युनिनयनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितस“गै कर्मचारीकोे वृत्ति विकासलाई युनियनले विशेष प्राथमिकता दिएको बताए । कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुको सम्मान सहित बिदाई गरिएको थियो ।












प्रतिक्रिया