काठमाडौं, १८ वैशाख । खानेपानी विभागका महानिर्देशक तेजराज भट्टले आफ्नो भ्रष्ट कर्म लुकाउन र विभागको दोहन गर्नका लागि माओवादी केन्द्रका कर्णाली इञ्चार्ज लेखराज भट्टलाई ब्रम्हास्त्रका रूपमा प्रयोग गरेका छन् ।
लेखराजले तेजराजबाट एक करोड लिएर सोही पदमा राख्नका लागि लविङ गरिरहेको स्रोतले जनाएको छ । सरकारले योजना आयोगको सदस्यमा नियुक्त गरेका सुशिल भट्टबारे जिब्रो पड्काएका लेखराजले खानेपानी विभागमा भने तेजराजलाई काखमा राखेर सिफारिस गरेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
कनिष्ठ हुँदाहुँदै पनि प्रचण्ड नेतृत्वको सरकारका पालामा तत्कालिन खानेपानी मन्त्री प्रेमबहादुर सिंहलाई थर्काएर तेजराजलाई विभागको महानिर्देशक बनाएका थिए । तेजराजले मन्त्रीलाई पनि गन्ने गरेका छैनन् । ‘यस्ता मन्त्री कति आउँछन् कति जान्छन् ।
चाबी समात्नु पर्छ आफ्नो ठाउँ सुरक्षित हुन्छ’, उनले निकटवर्तीसँग भन्ने गरेको स्रोतले उल्लेख गर्दै थप्यो,‘बीना मगर भनेको पिंजडाको तोता हो, पिंजडा नै मेरो पक्षमा छ तोताले यसै बोल्छ ।’
तेजराजले लेखराजसँग निकटको सम्बन्ध राखेर अहिलेसम्म जागिर टिकाउँदै आएका छन् । कतिसम्म भने लेखराजले तेजराज बोकेर प्रचण्डको घरसम्म पुगे ।
तेजराजलाई कालो कांग्रेस मानिन्छ । उसले कांग्रेसका लागि चुनावमा आयोजना र भ्रष्टाचार गरेको कम्तिमा १० करोड खर्च गरेका थिए । कांग्रेस सभापति पत्नी आरजु राणालाई मात्र ५ करोड खर्च गरेको स्रोतले जनाएको छ ।












प्रतिक्रिया