
काठमाडौँ, १७ बैशाख । कर्णाली प्रदेशले मुख्यमन्त्रीको सुविधा सम्बन्धी विधेयकको मस्यौदा स्वीकृत गरि प्रदेशसभामा पेश गर्ने जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न कानुन मन्त्रालयलाई सहमति प्रदान गरेको हो ।
यसैगरी, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश समेत मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय भएको छ ।












प्रतिक्रिया