१ कार्तिक २०८३, आइतबार

सानिमा इन्स्योरेन्सको शाखा विराटनगर, विर्तामोड र इटहरीमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ बैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले एकै दिन तीन शाखा संचालनमा ल्याएको छ । मोरङको विराटनगर, सुनरसरीको इटहरी र झापाको विर्तामोडमा शाखा संचालनमा ल्याएको हो ।

देशभर शाखा विस्तार गरि जीवन बीमा सेवा प्रदान गर्ने अभियान अन्र्तगत ती शाखाहरुसंचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

शाखाको कम्पनीका संचालक समितिका अध्यक्ष कुमार कोइराला ,सद्भावनादुत कलाकार जीतु नेपाल, मुख्य प्रबन्धक गणेश चौलागाइ, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराललगायतको उपस्थितिमा आइतबार उद्घाटन गरिएको हो ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथाबीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरु (एनआरएन) को समूहद्धारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवर्द्धृन गरिएको छ ।

सम्भावित बीमितहरुको जीवन बीमा गराई समाजिक सुरक्षा प्रदान गर्दै जनतामा बचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहेका व्यक्तिहरुलाई समेत जीवन बीमाको दायरामा ल्याइ बचत र आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब, चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० रुपैयाँ करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब रुपैयाँ कायम गर्ने तयारी छ ।