१३ कार्तिक २०८३, शुक्रबार

एमाले–माओवादी एकता प्रक्रियामा यस्तो देखियो गतिरोध

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ ।

दुवै दलका शीर्ष नेताहरूले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक गर्दै आए पनि नयाँ पार्टीमा अधिकार बाँडफाँटका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न नसकेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन ।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो ।

एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बन्न पुगेको छ ।