३० आश्विन २०८३, शुक्रबार

इराकद्वारा १९ रूसी महिलालाई जन्मकैद

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद, १७ वैशाख । इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ ।

उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो ।

बग्दादको आतङ्कवाद सम्बन्धि मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा सम्लग्न भएका वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकोले जन्मकैदको सजाय गरिएको बताए । – एएफपी