२२ कार्तिक २०८३, आइतबार

शिक्षण सिकाइ प्रभावकारी बनाउन प्युठानमा स्मार्टबोर्ड प्रविधि मार्फत पढाइ

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युुठान, १६ बैशाख । दक्षिणी प्युठानका विद्यालयमा नयाँ प्रविधिको स्मार्टबोर्ड भित्राइएको छ । स्थानीय सरुमारानी गाउँ सरकारको पहलमा स्मार्ट बोर्ड लगायतका प्रविधि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

आईतबार सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले १/१ थान स्मार्टबोर्ड, प्रोजेक्टर र ल्यापटप सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण पश्चात् कार्यक्रममा बोल्दै अध्यक्ष बिश्वकर्माले पढाईमा प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थीको सिकाई प्रणालीलाई सहज बनाउने बताए। पढाईमा प्रविधि प्रयोगले सिकाई प्रणालीलाई सरल, व्यवहारिक र चिरस्थायी बनाउने अध्यक्ष बिश्वकर्माले बताए ।

उनले भने ‘यसबाट सिकाई स्तरले फड्को मार्ने छ ।’ यस शैक्षिक सत्रदेखि स्मार्ट बोर्डबाट पठनपाठन गरिने सरुमारानी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन यहाँ पहिलो पटक स्मार्टबोर्ड प्रविधि भित्र्याइएको हो । सरुमारानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत सरुमारानिका माध्यमिक विद्यालयमा १२ लाख रुपैयाँको लागतमा स्मार्टबोर्ड प्रविधिमार्फत पठनपाठन सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताए ।

भित्तामा राखिने कम्प्युटका रुपमा चिनिने स्मार्टवोर्डमा सोही प्रविधिको कलमले लेख्ने गरिन्छ । शिक्षण सिकाइमा अत्याधुनिक प्रविधिको रुपमा चिनिएको स्मार्टबोर्डमा श्रव्य तथा दृश्य सामग्रीमार्फत पनि शिक्षण सिकाइ गर्ने सकिने श्रोत व्यक्ति पुर्णबहादुर केसी ले जानकारी दिए । सात विद्यालयका ३ हजार बढी विद्यार्थीलाई यसबाट फाईदा पुग्ने उनले बताए । सदरमुकामलगायतका अन्य विभिन्न नमूना विद्यालय ह्वाइट बोर्ड र ब्ल्याकबोर्डबाट परिवर्तन हुन नसकिरहेको सन्दर्भमा दुर्गमको विद्यालयले स्थानिय गाउँ सरकारको पहलमा स्मार्ट कक्षाबाट पढाउन थालेको हो ।

विगतमा कालोपाटीमा शिक्षकले लेख्दै मेट्दै गर्दा विद्यार्थीले टिप्न नभ्याउने र मेटिइसकेपछि फेरि बुझाउनुपर्ने हुन्थ्यो भने स्मार्ट बोर्ड पहिला लेखिएमा सामग्री पछि दोहोर्‍याएर विद्यार्थीलाई देखाउन सकिन्छ ।