२२ कार्तिक २०८३, आइतबार

हुम्ली छात्रा सूचना प्रविधिमा साक्षर बन्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः नृपराज हमाल, हुम्ला

हुम्ला, १६ बैशाख । हुम्लाका माद्यामिक तहमा अध्ययन गर्ने छात्राहरु सूचना प्रविधिमा साक्षर हुने भएका छन् । पहिलो पटक हुम्ला जिल्लामा शुरु गरिएको सूचना संचार प्रविधिमा महिलाको सहभागिता अन्तर्गग सूचना प्रविधि सम्बन्धि तीन दिने कार्यशाला शुरु भएको छ । कार्यक्रममा जिल्ला सदरमुकामका मानसरोवर मा।वि। र वालमन्दिर मा।वि।का १ सय १० जना छात्राहरु सहभागी छन् ।

कार्यशालामा छात्रासंगै शिक्षकहरुलाई समेत सहभागी गराईएको छ । आधारभूत सूचना, संचार प्रविधि र ब्लगिङ्गका बारेमा कार्यशालामा सहभागी छात्राहरुलाई सिकाईने सूचना र संचार प्रविधि समाजका महासचिव सुवास खड्काले जानकारी दिए ।

सूचना संचार प्रविधिमा महिलाको पहुँच पुर्‍याउने उदेश्यले विश्वभर मनाइने ‘सूचना संचार प्रविधिमा महिलाको सहभागिता २०१८’ कार्यक्रम हुम्लामा मनाइदै छ ्र नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा सूचना र संचार प्रविधि समाज तथा स्वावलम्बन विकास प्रवद्र्धन केन्द्र नेपालको संयुत आयोजनामा आजदेखि ३ दिने ‘आधारभूत सूचना र संचार प्रविधि तथा ब्लगिङ्ग’बारे कार्यशाला सुरु भएको हो ।

हुम्लामा रहेका होटलहरुको डिटेल प्रोफाईल नभएकाले होटलहरुको डिटेल प्रोफाईल बनाई दिने समेत सूचना र संचार प्रविधि समाजका रविन्द्र आचार्यले बताए