२२ कार्तिक २०८३, आइतबार

‘मातृभाषा पत्रकारिता प्रर्वद्धन गर्न राज्यको भूमिकाको खाँचो’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, १६ बैशाख । नेपाल भाषाको पत्रकारिता शुरुआत भएको ९३ वर्ष पुगेको सन्र्दभमा आइतबार तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले ललितपुर शाखाको व्यवस्थानपनमा विविध कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।

नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो ।

उनको १ सय १३ औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा तीन वर्ष अघिदेखि मनाउन थालिएको हो ।

यही पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिले सम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताए ।

समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको पत्रकारिता दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिताको प्रर्वद्धन गर्नुपर्ने खाँचो औंल्याए ।

उनले धर्मादित्य धमाचार्यले बुद्धधर्म र नेपाल भाषाप्रति अनुरागले गरेको पत्रकारिता अहिले व्यवसायिक धारमा अघि बढिरहेको उल्लेख गर्दै त्यसमा राज्यको साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।