
-बेलिना थापा
लमजुङ, १५ बैशाख । जातीय विभेद अन्त्यका लागि लमजुङमा गुरुङ फिल्म निमार्ण गरिदैछ । गुरुङ समुदायभित्र रहेको जातीय विभेदलाई समेटिने गरि पहिलो पटक मेदों फिल्म कम्पनीद्धारा मेदों (सिट्ठा) निमार्ण गरिन लागको हो । शनिबार बेसीशहरमा पत्रकार भेटघाटको आयोजना गरि फिल्म निर्माणबारे जानकारी दिइएको छ ।
लमजुङमा पहिलो पटक स्थापना भएको फिल्म कम्पनी मेदों फिल्म कम्पनीले जातीय विभेद अन्त्यका लागि सिट्ठा बालेर विभेद खोज्नु पर्ने भन्दैँ उक्त नाम राखिएको निमार्ण पक्षले जनाएको छ । मेदोंका फिल्मका लेखक तथा मेदों फिल्म प्रा.लिका अध्यक्ष शंकर गुरङ ‘बतासे’ले गुरुङ समुदायमा रहेको विभेदको अन्त्य गरि सिठ्ठा बालेर खोज्ने वातावरण निमार्ण गर्नु पर्ने भन्दै फिल्म मार्फत देखाउन लागेको बताए ।
दुई दर्जन गुरुङ फिल्ममा सहायक निर्देशन गरिसकेका राजेश गुरुङले उक्त फिल्मको निर्देशन गर्नेछन् । फिल्म लमजुङमै छायाङ्कन हुने र अधिकाशं गुरुङ भाषामा निमार्ण हुने उनले बताए । क्व्होलासोंथर गाउ“पालिका १, रापासिङ गाउ“, बेंसीसहर र नाल्मा र आसपासका क्षेत्रमा गरिने भएको छ । अगामी बैशाख २१ गते शुभमूहुर्त गरि बैशाख २६ गतेबाट छायांकन सुरु हुनेछ ।
फिल्म करीब २१ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको छ । उक्त कम्पनीले गुरुङ तथा गुरुङ समुदायको भाषा, कला र संस्कारसस्कृतिको जर्गाेना गर्ने खालको फिल्म तथा वृत्तचित्र निमार्ण गर्ने उद्देश्यले लिएको छ ।















प्रतिक्रिया