२ कार्तिक २०८३, सोमबार

पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्मचार्यलाई ललितपुरमा विशेष सम्मान

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १५ वैशाख । नेपाल कराते संघ ललितपुर र आठौँ साफ गेमको करातेका गोल्डमेडलिस्ट मीनकृष्ण महर्जनको विशेष पहलमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्यलाई सम्मान गरिएको छ ।

ललितपुरको लगनखेलमा शनिबार आयोजित विशेष कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडी कर्मचार्यलाई सम्मान गरिएको हो । नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष दावा गुरुङले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्मचार्यलाई सम्मान गरेका हुन् ।

कर्मचार्यले विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा नेपालका लागि थुप्रै गोल्ड मेडलहरू जितिसकेका छन् । उनीद्वारा प्रशिक्षण दिएका खेलाडीले पनि गोल्ड मेडल जितेर नेपालको नाम अन्तर्राष्ट्रियजगतमा चिनाइ सकेका छन् ।

आठौँ साफ गेमका गोल्डमेडलिस्ट एवम् नेपाली कांग्रेस ललितपुरका महासमिति सदस्य महर्जनले कर्मचार्यका कारण आफूले करोतमा गोल्डमेडल जितेको बताए ।

‘उहाँको योगदान थिएन भने मैले आठौँ साफ गेममा करातेमा गोल्डमेडल जित्न सक्ने थिएन’, उनले भने, ‘हामीले खेल र खेलाडीप्रति माया गर्ने गुरुहरूप्रति सम्मान गर्न भुल्नु हुँदैन ।’

कार्यक्रममा कर्मचार्यसहित दुई दर्जन करातेका प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । कर्मचार्य हाल जापानमा बसोबास गर्दै आएका छन् ।