
भैरहवा, १४ बैशाख । नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट नाट्टा, प्रदेश ५ कमिटीले लुम्बिनीसँग पाल्पाको रानीमहललाई जोडेर पर्यटन सम्बन्धी योजना ल्याउन सरकारसँग माग गरेको छ ।
पाल्पामा सम्पन्न ‘पाल्पाको पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल कार्यक्रम’ मार्फत नाट्टाले यस्तो माग गरेको हो । बैठक पश्चात आयोजित छलफल कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पर्यटन उद्योग नै नेपालको विकासको मुल आधार भएको बताए ।
मन्त्री पाण्डेले पाल्पाका प्राकृतिक, सास्कृतिक, एैतिहासीक पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन उद्योग मार्फत जिल्लाको मात्रै होइन समग्र प्रदेशको मुहार फेर्न सकिने बताए । सो अवसरमा प्रदेश सभा सदस्य नारायण आचार्यले पाल्पा सास्कृतिक र प्राकृतिक दृष्टिले महत्वपुर्ण जिल्ला भएको बताए । अर्का सांसद डा. पुरनमान बज्र
चार्यले लुम्बिनीसंग पाल्पाको पर्यटकीय स्थललाई जोडेर अगाडी बढ्न नाट्टालाई आग्रह गरे । तानसेन नगरपालिकाका मेयर अशोक शाहीले तानसेन र लुम्बिनीको पर्यावरणीय विविधताले यस क्षेत्रलाई समृद्ध बनाएको बताए ।
कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष बिष्णु प्रसाद शर्माले पर्यटन व्यवसायीहरुको योजना अनुसार राज्यका अंगहरु चले मुलुक छिट्टै नै समृद्ध हुने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया