
अछाम, १३ बैशाख । अछामको मंगलसेन नगरपालिकामा प्रथम मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
मंगलसेन नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद बिकास समिती अछामसँगको सहकार्यक्रमा बैशाख २० गतेबाट प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
अछाम जिल्लाका १० वटा स्थानिय तहका भलिबल टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार सहित कप हात पार्नेछ भने दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पुरुस्कार पाउने नगरपालिकाले जनाएको छ ।
अछामका भलिबल खेलाडीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोेगिता आयोजना गरिएकाले भब्यताका साथ सफल हुने मंगलसेन नगरप्रमुख पदम बहादुर बोहराले बताए ।
सम्बन्धित स्थानिय तहको खेलाडीले मात्र प्रतियोगिता सहभागिता जनाउन पाउने भएकाले कुनै खेलाडीमा शंका आएमा मतदाता नामावली र नागरिकताको प्रमाणपत्र समेत अनिवार्य समावेश गर्ने नियम बनाइएको जिल्ला खेलकुद बिकास समिती अछामका कोषाध्यक्ष तपेन्द्र कुमार स्वारले बताए ।
मंगलसेन रँगशालामा हुने प्रतियोगितामा बैशाख १९ गते बेलुकासम्म दर्ता भएका टिमले खेल्न पाउने उनले जानकारी दिए ।















प्रतिक्रिया