२ कार्तिक २०८३, सोमबार

आइसीसीले १०४ वटै राष्ट्रलाई दियो टी–२० को मान्यता, नेपालबारे के भन्यो ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ बैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)मा आबद्ध १०४ वटै सदस्य राष्ट्रले टी–२० को मान्यता पाएका छन् । भारतमा पत्रकार सम्मेलन गर्दै आइसीसीले सो निर्णयको जानकारी दिएको हो ।

हाल आइसीसीमा आबद्ध राष्ट्रमध्ये १८ सदस्य राष्टले मात्रै टी–२० को मान्यता पाएका छन् । जसमा १२ फुल मेम्बरसँगै नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, युएई, हङकङ र ओमान पनि छन् । यस्तै, आइसीसी बोर्ड बैठकले च्याम्पियनसिप ट्रफीको सट्टामा सन् २०२१ मा पनि टी–२० वर्ल्डकप गर्ने निर्णय गरेको छ ।

यसैबिच, आईसीसीको बोर्ड बैठकमा नेपाल क्रिकेटको बारेमा पनि छलफल भएको छ । आइसीसीले नेपाल क्रिकेट संघ (क्यान)को पुनः स्थापना हुनको लागि नयाँ संशोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको छ । बैठकमा निलम्बनमा परेको क्यानको वर्तमान अवस्थाबारे जानकारी गराइएको थियो ।