
काठमाडौँ, १३ बैशाख । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् ।
बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधरण तथा बैंकका ग्राहकले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सर्वाधिक, बालशिक्षा, आजीवन, नगद र्फिता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामीण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ ।















प्रतिक्रिया