३० आश्विन २०८३, शुक्रबार

गोली लागि घाइते बनेका प्यालेष्टिनी पत्रकारको निधन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, १३ वैशाख । दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको उपचारका क्रममा बुधबार निधन भएको छ ।

पचीस बर्षीय अहमद अबु हुसेन यही अप्रिल १३ मा स्थानीय रेडियोलाई समाचार संकलनका क्रममा इजरायली सुरक्षा फौजको गोली लागि घाइते भएका थिए । ।

गाजाका स्वास्थ्य मन्त्रीले तेल अभिभ नजिकै रहेको स्हेबा अस्पताललाई उद्धृत गर्दै भने, “पत्रकार हुसेनको इजरायली क्षेत्रमा रहेको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।”

पत्रकार हुसेनका दाजु दिआ हुसेनले मृत शरीरलाई अन्त्येष्टिका लागि गाजा ल्याइन लागेको बताए ।

इजरायली सीमा क्षेत्रमा विगत एक महिनादेखि प्रदर्शन गर्ने क्रममा कम्तिमा ४० प्यालेष्टिनीले ज्यान गुमाएका छन् भने पाँच हजार भन्दा बढी घाइते भएका छन् । – एएफपी