
-रुपलाल बोहोरा
डोल्पा, १२ बैशाख । डोल्पामा यार्सागुम्बा पछि सेतक चिनी खिर्याङ्लोेबाट राजश्व बढी संकलन भएको छ । आर्थिक वर्ष २०७४/७५ को चैत ९ गते सम्मको तथ्यांक अनुसार जिल्ला वन कार्यालय डोल्पामा बहुमूल्य मानिने यार्सापछि सेतक चिनी खिर्याङ्लोेको राज्वश्व बढी संकलन भएको हो । यार्सा प्रतिकेजी रु २५ हजार छ भने खिर्याङ्लोे प्रतिकेजी ५ रुपैयाँ मात्र लिने गरिन्छ ।
जिल्ला वन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/७५ मा यार्सा २०५.०५७ केजी को रु ५१ लाख २५ हजार राजश्व संकलन भएको छ भने सेतक चिनी खिर्याङ्लोे १ हजार ५ सय ८२.८४ केजी को रु ७ लाख ९१ हजार राजश्व संकलन भएको छ ।
त्यसैगरी गुच्ची च्याउको प्रतिकेजी रु ३ सय राजश्व लिने प्रावधान छ भने गत बर्षमा यसको ५१.५० केजी निकासी भएकोमा रु १५ हजार ४ सय बीस संकलन भएको थियो ।
वन लसुन पनि प्रतीकेजी रु १२ रुपैयाँ, अत्तिस प्रतिकेजी रु १५, अमल बेद प्रतिकेजी रु ५, काला दाना (ठुग्ना) रु ५, विष प्रतिकेजी रु १०, भुतकेस प्रतिकेजी रु ५, सुगन्धवाल प्रतिकेजी रु १५, कटुकी प्रतिकेजी रु १५, चिराइतो प्रतिकेजी रु १५, पाषणबेद (सिल्पासी) प्रतिकेजी रु ५, सतुवा प्रतिकेजी रु २०, र काकर सिंगी प्रतिकेजी रु १० गरी जम्मा १५ किसिमका जडीबुटी निकासी भएको थियो ।
यी सबै जडीबुटी वन लसुन १ सय ६० केजीको रु २४ हजार, अत्तिस ६ सय केजी बाट रु ९ हजार, अमलबेद १९ हजार ४ सय ३० केजी को रु ९७ हजार १ सय ५०, कालादाना ठुग्ना ११ हजार ४ सय केजीको रु ५७ हजार संकलन भएको छ ।
त्यसै गरी विष २ सय केजीको रु २ हजार, भुतकेस २ हजार १ सय केजीको रु १० हजार ५ सय, सुगन्धवाल २ हजार ५० केजीको रु ३० हजार ७ सय ५०, कटुकी १ हजार ८ सय ५० केजीको रु २७ हजार ७ सय ५०, चिराइतो तीतो २ सय केजीको रु ३ हजार, पाषनबेद सिल्पारी ५ सय केजीको रु २ हजार ५ सय, सतुवा १ सय २५ केजीको रु २ हजार ५ सय, र काकरसिंगी १ हजार २ सय १० केजीको रु १२ हजार १ सय, गरी सबै जम्मा रु ६१ लख ८७ हजार ७ सय २० रुपैया राजश्व संकलन भएको जिल्ला वन कार्यालय डोल्पाका रेञ्जर परसुराम चौधरीले जानकारी दिए ।















प्रतिक्रिया