
अछाम, १२ बैशाख । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा सम्पन्न प्रथम बान्नीगढी क्रिकेट लिगको उपाधि साँफेबगर नगरपालिकाले उचाल्न सफल भएको छ ।
फाईनल खेलमा आयोजक बान्नीगढी जयगढ गाउँपालिकालाई १६ रनले पराजित गर्दै साँफेबगरले प्रथम उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । थालाकोट् खेल मैदानमा ट्स जितेर पहिले व्याटिङ गरेको साँफेबगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । सुरुवात चरणमा व्याटिङमा निकै धरासायी बनेको साँफेबगरका लागि मिडिल अर्डरका ब्याट्सम्यानले राम्रो प्रर्दशन गरेपछी १ सय २० बलमा ९९ रन बनाउन सफल भएको हो ।
जवाफमा १ सय रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको जयगढका लागि पनि सुरुवाती निकै खराब रह्यो । १७ रनमा ४ विकेट गुमाईसकेपछी बाँकी चि मिडील अर्डर प्रेम थापा, आशिष बम र कुनाल चन्दले लगभग टिमलाई जित नजिक पुर्याएका थिए । जब ३६ बलमा २३ रनको आवश्यकता रहेका बेला चन्द र थापा क्रिजमै थिए । त्यसपछी ३० बलमा १७ रनको आवश्यकता थियो ।
बाँकी थापा र चन्द आउट हुने बित्तिकै १४ दशमलव ५ ओभरमा अल आउट् हुँदै जयगढ ८३ रनमा सिमीत हुन पुग्यो । र १६ रनले टिम पराजित भएको हो । पहिलो उपाधी आफनो नाममा राख्न सफल साँफेबगरले नगद १ लाख २१ हजार सहित, कप, मेडल र प्रमाणपत्र तथा उपविजेतामा चित्त बुझाएको जयगढले नगद ४१ हजारसहति, कप, मेडल, प्रमाणपत्र पाएको छ ।
यसअघि साँफेबगर नगरपालिकाले मेयरकप क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ भने मंगलसेन नगरपालिकामा बैशाख २० गतेबाट मेयरकप भलिबल र २४ गते बाट क्रिकेट प्रतियोगिता हुँदैछ ।















प्रतिक्रिया