
काठमाडौँ, १२ बैशाख । भारत जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले ७७ वर्षका भए । अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।
शिल्पी र सरदारलाई २०/२० वर्ष जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आराराममाथि २०१३ मा आफ्नै आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए ।
एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि आशाराम इन्दौरबाट पक्राउ परेका थिए ।















प्रतिक्रिया