४ कार्तिक २०८३, बुधबार

रिलिज नहुँदै ५० मिलियन डलर कमाउने फिल्म

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स इन्फिनिटी वार’ शुक्रबार प्रदर्शन हुँदै छ । यो फिल्मको संसारभर एक हप्ताअगाडिदेखि नै बुकिङ सुरु भइसकेको छ । फिल्मको प्रि–टिकट बिक्रीबाट ५० मिलियन डलर कमाइ भइसकेको छ ।

काल्पनिक दुनियाँको सुपर हिरोलाई लिएर एन्थनी र जोय रुसो दाजुभाइले निर्देशन गरेकोे फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, स्कारलेट जोहेन्सन र चौडभिक बोेसमेनजस्ता स्टार छन् ।

विभिन्न विश्लेषणलाई मान्ने हो भने यो फिल्मले संसारभरबाट १९० देखि २३५ मिलियन डलरसम्मको ओपनिङ गर्नेछ । फिल्म मार्भेल्स कमिक्समा आधारित छ । – एजेन्सी