१ कार्तिक २०८३, आइतबार

चिनीको भन्सार महशुल दर घटाउन माग

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: मनोज दाहाल/विराटनगर

विराटनगर, ११ वैशाख । विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले मंगलबार यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् । नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ ।

विगतमा १५ प्रतिशत लिँदै आएको भन्सार मूल्यांकन दर बढाएर तीस प्रतिशत पुर्‍याउँदा समस्या भएको बताउँदै त्यसमा थप एकसय डलर भन्सार महशुल र १३ प्रतिशत भ्याट कायम हुँदा चिनीको मूल्य वृद्धि भई उपभोक्ता मारमा पर्ने व्यवसायीको दाबी छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारदाले सरकारले चिनीमा बढाएको भन्सार मूल्यांकन दरले आम उपभोक्ता थप मारमा परेको बताउनुभयो । उद्योग संगठन मोरङ अध्यक्ष मुकेश उपाध्यायले चिनीको भन्सार मूल्यांकन दर घटाउन सरकारसँग माग गर्नुभयो । –रासस