३० आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीको हत्या योजनाकार पक्राउ परेको दाबी

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । भारतीय समाचार एजेन्सी एएनआईले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी हत्याको योजना बनाउने एक व्यक्ति पक्राउ गरेको जनाएको छ ।

तामिलनाडु प्रहरीका अनुसार मोहम्मद रफीक नाम गरेका व्यक्तिलाई पक्राउ गरी १५ दिनको न्यायीक हिरासतमा पठाइएको छ । १९९८ मा भारतको कायंबटुर बम विस्फोटका दोषी रहेका रफीकको फोन कल डिटेल्समा मोदीको हत्या योजनाको कुराकानी गरेको पाइएको प्रहरीको दाबी छ ।

एकजना प्रकाश भनिने व्यक्तिसँग उनले मोदी हत्याको कुराकानी गरेको बताइएको छ । प्रहरीको हातमा अडियो परेपपछि रफीकको खोजी कार्य जारी थियो ।

अडियोमा १९९८ को विस्फोटमा पनि भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी कोयंबटुर पुग्दा उनलाई लक्षित गरी बम राखिएको कुराकानी थियो । त्यसबेलाको विस्फोटमा त्यहाँ ५८ जना मारिएका थिए । –एजेन्सी