५ कार्तिक २०८३, बिहिबार

बनेपामा कृषि प्रवर्द्धन व्यापार मेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ११ वैशाख । काभ्रेपलाञ्चोकको बनेपास्थित नयाँ तरकारी बजारमा यही वैशाख १५ गतेबाट चार दिने कृषि प्रवर्द्धन मेला हुने भएको छ ।

जिल्लामा उत्पादित कृषिजन्य वस्तुलाई सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा आएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिले समृृद्ध काभ्रे कृषि सहकारी संस्था तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा मेला हुनलागेको हो ।

काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलका अनुसार मेलामा कृषि उपज, कृषि सामग्री र पशुजन्य वस्तुको प्रदर्शनी गर्नेछ । सो अवसरमा किसानबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकलाई पुरस्कार, कृषि प्रविधि प्रदर्शनी, सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लगायत कलाकारको प्रस्तुित रहनेछ ।

करीब एक सय ५० कक्ष रहने उक्त मेलामा किसानका लागि निःशुल्क कक्षको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ । उक्त मेलामा पशुजन्य, माछा, चिया, तरकारीजन्यका साथै कृषि सम्बन्धी नयाँ प्रविधि, प्राङ्गारिक उत्पादन, प्राङ्गारिक मललगायत सुपथ मूल्यका पसलसमेत सञ्चालन हुने बताइएको छ । –रासस