५ कार्तिक २०८३, बिहिबार

वर्षाले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ११ वैशाख । केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति पु-याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

म्याग्दे गाउँपालिकामा रहेको पोख्रेली र माछापुच्छे« ब्रिक फ्याक्ट्रीमा उत्पादन गरिएको ठूलो परिमाणको काँचो इँटामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको हो ।

उत्पादन गरी सुकाउन राखिएको रु चार लाखको इँटामा वर्षाले क्षति पु-याएको पोख्रेली इँटा उद्योगका सञ्चालक केदारनाथ घिमिरेले बताए ।

९० प्रतिशत काँचो इँटामा असिना पानीले क्षति पु-याएको घिमिरेले बताए । माछापुच्छे ब्रिक फ्याक्ट्रीका प्रोप्राइटर हर्कबहादुर गुरुङले पनि वर्षाले लाखौँ रुपैयाँ बराबरको इँटामा नोक्सानी पु-याएको बताए । उक्त इँटा उद्योगमा ११० जना मजदूरले रोजगारी गर्दै आएको सुभरपाइजर कृष्णहरि काफ्लेले बताए ।

वर्षाका कारण तनहुँ जिल्लाका ब्यास नगरपालिका र अन्य गाउँपालिकाभित्र उत्पादित इँटामा समेत वर्षाले ठूलो क्षति पु-याएको बताइएको छ । – रासस