२ कार्तिक २०८३, सोमबार

इंग्लिश प्रिमियर लिगमा एभर्टनको संघर्षपूर्ण जित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युकासल युनाइटेडमाथि १–० को साँघुरो जित निकालेको हो ।

गुडीसन पार्कमा एभर्टनलाई जित दिलाउन थियो वाल्कोटले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै एभर्टनले जित निकालेको हो ।

एभर्टनलाई ३ अंक दिलाउन वाल्कोटले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र एभर्टनले साँघुरो जित हात पार्न सफल भयो ।

यो जितसँगै एभर्टन लिगको आठौं स्थानमा उक्लिएको छ । एभर्टनले ३५ खेलबाट ४५ अंक जोडेको छ । पराजित न्युकासल ४१ अंकसहित दशौं स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी रहेको छ । सिटीको ९० अंक छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ र तेस्रो स्थानको लिभरपुलको ७१ अंक रहेको छ । – एजेन्सी