३० आश्विन २०८३, शुक्रबार

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजीनामा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अर्मेनिया, ११ वैशाख । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजीनामा गरेका छन् ।

‘वर्तमान अवस्थामा समस्या समाधानका कैयौँ उपाय थिए तर मैले ती कुनै पनि रोज्न चाहिन’, सार्गस्यानले भने, ‘मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु ।’

प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको सम्मान गर्दै राजीनामा दिएको प्रधानमन्त्री सार्गस्यानले बताए ।

अर्मेनियाको प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्राक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा पूर्व राष्ट्रपतिसमेत रहेका सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको वन्दी बनाएको भन्दै भएका प्रदर्शनपछि ६३ बर्षीय प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

उनले यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । – सिन्ह्वा