३० आश्विन २०८३, शुक्रबार

बेलायतका राजकूमार विलियम्सलाई पुत्रलाभ

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० वैशाख । बेलायतको राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानका रूपमा केटबाट पुत्रलाभ भएका विज्ञप्तिमा उल्लेख छ । बेलायतको केन्सिङ्टन प्यालेसले शिशुको तौल ३.८ किलोग्राम रहेको र नवशिशु र आमा दुवै स्वस्थ रहेको पनि अस्पताल स्रोतले जनाएको छ ।

नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनेछन् । गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो ।

राजपरिवारमा नयाँ सदस्यको जन्म भएको खबरले बेलायती नागरिक हर्षित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको छ । –रासस/एएफपी