४ कार्तिक २०८३, बुधबार

पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’मा भूकम्प पीडितका दर्दनाक कथा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’को सोमबार लोकार्पण गरिएको छ । २०७२ सालको महाभूकम्पका घटना समेटेर पुस्तक ‘कम्पन’ ल्याएको लेखक पन्थीले बताए ।

पुस्तकमा भूकम्प पीडितका दर्दनाक कथा तथा पिडा समेटिएको उनले बताए । त्यसका साथै भूकम्पमा परेर पनि जीवित रहेका र उद्दारकार्यमा सम्लग्नहरुका कथा पनि पुस्तकमा समेटिएको उनले बताएका छन् । भूकम्प प्रभावित जिल्ला तथा भूकम्प पीडितहरु, राहत उद्दारमा खटिएकाहरुसँगको कुराकानीको आधारमा पुस्तक लेखिएको उनले बताए।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्पका कारण देशको विकासमा ठूलो क्षति पुगेको बताए । भूकम्पपछिको समयमा राहत वितरणको लागि आफू स्वयम् खटिएको बताउँदै नेता नेपालले भूकम्प पीडितहरुलाई अनुदान तथा राहत दिने कुरामा सरकारको पहल पर्याप्त नभएको स्वीकार गरे । भूकम्पको अनुभवलाई संस्मरणको रुपमा पुस्तकमा समेटिएकोमा उनले खुसी व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्प पछिको पुननिर्माण निकै सुस्त भएको बताए । भूकम्प पीडितहरुलाई थप पिडा नदिन आग्रह गर्दै उनले पीडितहरुलाई किस्तामा नभई एकमुष्ट रुपमा अनुदान रकम वितरण गर्न सरकारसँग आग्रह गरे । भूकम्प पछि पुननिर्माणको अवसर भए पनि त्यसो हुन नसकेको उनको भनाई थियो ।