५ कार्तिक २०८३, बिहिबार

निःसहाय सहयोग परिषदलाई जनताको बैंकको सहयोग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० बैशाख । जनता बैंक लिमिटेड नेपालले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।

सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरे । धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा काम गर्दै आएको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने कार्यक्रम रहेको बैंकले जनाएको छ ।