४ कार्तिक २०८३, बुधबार

हल मालिकहरूलाई कसले दियो नेपाली–हिन्दी फिल्म बन्द गर्ने चेतावनी ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सिनेमा प्रदर्शक र निर्माता विचको शेयर बाँडफाँडको विषयमा सहमति नभए जेठ २ गतेदेखि सिनेमा प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा संघले विक्रम संवत २०६० सालमा निर्माता र प्रदर्शनबीच भएको होल्ड ओभरको विषयलाई पुनः कार्यन्वयनमा ल्याउने माग गरेको छ । सो समयसीमाभित्र पहिले भएको सहमति कार्यन्वयन नभए खण्डमा स्वदेशी र विदेशी सिनेमा प्रदर्शनमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिएका छन् ।

२०६० सालमा काठमाडौं उपत्यकामा सिनेमा प्रदर्शन पश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले रकम लिने सहमति भएको थियो ।

चलचित्र संघका सदस्य रहेका ठूला हलहरूले उक्त सहमति उलंघन गर्दै आएको र साना हलले पनि देखासिकी गर्दै उक्त सहमति उलंघन गरेको संघले आरोप लगाएको छ ।

संघले उपत्यकासहित देशैभर सो सहमति कार्यन्वयन हुनुपर्ने र हलमा बजाइने ट्रेलर, पोष्टर, स्थानीय पब्लिसिटी खर्चहरू लगायत अन्य मागहरू चलचित्र संघसँगको छलफलमा निर्णय गर्नेपनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संघले बक्स अफिस कार्यन्वयन सम्वन्धमा नेपाल नेपाल सरकारले तोकेको समयसीमाभित्रमा पारदर्शी ढंगले बक्स अफिस कार्यन्वयनका लागि राज्यसँग जोडदार माग गरेका छन् ।

उनीहरूले यसमा निर्माता संघले संस्थागत रूपमा पूर्ण सहयोग गर्ने बताएको छ । माग सम्बोधनका लागि चलचित्र संघसँग वार्ता गर्न ढोका सदैव खुला रहेको पनि जनाएका छन् ।