काठमाडौं, १० वैशाख । एकान्त वार्तापश्चात् ओलीले आकस्मिक रूपमा स्थायी समितिको बैठक त्यही दिन पार्टी कार्यालय धुम्बाराहीमा डाकेका थिए ।
प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रस्तावनामा जनयुद्ध शव्द राख्ने विषयमा विमति छैन । चुनाव चिन्हमा सूर्य राख्न हामी राजी हुने र संख्यामा ५०/५० प्रतिशत राख्न एमाले तयार हुने सहमति भएको कुरा अध्यक्षले राख्नुभयो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनले थपे, ‘ओलीजीले पार्टीमा कन्भिन्स गर्न नसक्दा एकता संयोजन समितिको बैठकले पनि निष्कर्ष निकाल्न नसकेको भनेर अध्यक्षले सुनाउनुभयो ।’
यसबीच गत बुधबार बिहान कार्यालय सदस्य तथा मन्त्रीहरू र अखिल क्रान्तिकारीका केही नेतासँगको छलफलपश्चात् प्रचण्ड पार्टी काम विशेषले चितवन पुगेका थिए ।
पुनः ओली–प्रचण्डबीच छलफल भएको छ । बिहान ९ बजे सुरु भएको ‘वन टु वन वार्ता’ तीन घण्टासम्म चलेको थियो । तर, राष्ट्रिय सभागृहमा गरिएको संयुक्त कार्यक्रममा पनि दुवैले एकतासम्बन्धी नयाँ खास घोषणा गरेनन् ।












प्रतिक्रिया