५ कार्तिक २०८३, बिहिबार

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ३४ औँ शाखा रामेछापको मन्थलीमा आइतबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरे ।

उक्त समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरुलगायत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कर्यकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएको बताउँदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने बताए ।

उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिति जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको जानकारी दिए । श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापालगायत स्थानीय उद्योगी तथा व्यावसायीहरुले कम्पनीले स्थानीय स्तरमा सेवा प्रदान गर्नको लागि रामेछापको मन्थलीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिए ।