३० आश्विन २०८३, शुक्रबार

चीनमा दुई डुङ्गा पल्टिदा सत्रको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई डुङ्गा पल्टिदा डुबेका यात्रुको उद्धार कार्य गरिँदै । तस्वीरः ईपीए

चीन, ९ वैशाख । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयानुसार शनिबार राती १.३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए । दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका कुल ६० यात्रु पानीमा खसेका थिए ।

डुङ्गा पल्टिने वित्तिकै आठ ओटा डुङ्गा र झण्डै २०० जना उद्धारकर्मी उद्धारमा खटिएका थिए । –रासस/सिन्ह्वा