२ कार्तिक २०८३, सोमबार

यस्तो छ मोडल स्मीता थापाको ‘सन्डे मुड’

14.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुन त बोल्ड मोडल स्मीता थापा अहिले रङमञ्चको मुलधारमा त्यति सक्रिय छैनन् । नेपाली सेनाका पूर्व सहायकरथी राजेन्द्र थापाको उपन्यास खेलौनाको कभर तस्बिर समेत बनेकी स्मीता सामाजिक सञ्जालमा हट र सेक्सी अवतार पोष्ट गर्न भने चुक्दिनन् ।

हरेक दिन जसको फरक तस्बिर पोस्ट गरेर त्यस दिनको बयान गर्ने स्मीताले आइतबार माथिको तस्बिरलाई सन्डे मुड लेखेर पोष्ट गर्दै लेखिन्,‘कहिलेकाहीँ मलाई नक्कल पार्न मन लाग्छ । मलाई अधिक सेक्सी बन्न मन लाग्छ ।’

प्रायः तस्बिरमा क्लिभेज देखाएर फेसबुक र इन्स्टामा पोष्ट गर्ने स्मीताका मुड फरक–फरक नै हुन्छन् । गएको शुक्रबार मात्र उनले तलको तस्बिर पोष्ट गर्दै लेखिन्,‘यदि तपाई सामान्य बन्न खोज्नुहुन्छ भने तपाई कति फरक हुनुहुन्छ भन्ने पत्तो पाउन सक्नुहुन्न ।’

स्मीता नेपाली मोडेलिङ क्षेत्रमा बोल्ड फोटोसुट गराउने पहिलो मोाडलजस्तै मानिन्छिन् ।