मुम्बई । फिल्म ‘पद्मावत’ दमदार अभिनय गरेका अभिनेता शाहिद कपूरले ‘दादा साहेब फाल्के एक्सेलेंस’ अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा चर्चित अभिनेत्री सिमी ग्रेवाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको छ । यसका साथै अभिनेत्री शिल्पा शेट्टीलाई बेस्ट रिऐलिटी शो जज, दीव्या खोसलालाई आउटस्टैंडिंग शर्टफिल्म ‘बुलबुल’ र करण जौहरलाई ‘कफी वीथ करण’का लागि बेस्ट टीभी प्रस्तोताका लागि पुरस्कार प्रदान गरिएको छ ।
अभिनेत्री तमन्ना भाटियालाई ‘बाहुबली’मा विशेष अभिनय गरेको भन्दै पुरस्कार प्रदान गरिएको छ । पुरस्कार लिने क्रममा तमन्न भाटियाका आमाबाबु पनि उपस्थित थिए । – एजेन्सी















प्रतिक्रिया