१३ कार्तिक २०८३, शुक्रबार

तीन दिनमा १३ घन्टा वार्ता

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन्  ।

अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एकतामा देखिएको अन्योल चिर्छौं : नारायणकाजी श्रेष्ठ

छुट्टाछुट्टै हुँदा पनि पार्टी स्थापना दिवसमा हामीले कार्यक्रम गर्दै आएका थियौँ । अहिले पार्टी एकता अघि बढिरहेका कारण संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्न खोजिएको हो । संयुक्त कार्यक्रम हुँदा स्वाभाविक रूपमा पार्टी एकताका सन्दर्भमा जुन किसिमका अन्योल र आशंकाहरू छन्, अवश्य पनि उहाँहरूले त्यसलाई चिर्ने गरी छिट्टै एकता गर्ने घोषणा गर्नुहुनेछ ।

तीन दिनमा १३ घन्टा वार्ता

अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ । पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार ३ बजेदेखि राति ९ बजेसम्म दुई नेताबीच छलफल भएको हो । उच्चस्रोतका अनुसार पछिल्ला दिनमा देखिएको अन्योल र आशंका चिर्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।