शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

२ नम्बर प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने मुख्यमन्त्रीको घोषणा

दैनिक नेपाल २०७५ वैशाख ७ गते १८:३२

धनुषा, ७ वैशाख । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ ।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित