काठमाडौँ, ७ वैशाख । माछापुच्छ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरे ।
उक्त सम्झौतासँगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ । युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्कीस्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो र यसको टर्कीमा मात्र ४,७०० भन्दा बढी ग्राहक सेवा केन्द्र रहेका छन् । ग्राहकको सन्तुष्टि र ग्राहक सेवामा समर्पित भएको हुदाँ युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरी नै पैसा पठाउन धेरै मानिसहरुको रोजाइँ समेत रहेको जनाएको छ ।
यो सम्झौतासँगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरुमार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।















प्रतिक्रिया