५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंक बाह्रौँ वर्षमा प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार वर्ष पूरा गरी बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाएको छ ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा ६८ वटा शाखाहरु र ६८ वटा एटीएमबाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ सेवा पुर्‍याउँदै आईरहेको बैंकले बताएको छ । सो बैंकले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रयमास सम्ममा रु ६० अर्ब २५ करोड निक्षेप संकलन गरि रु. ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, सोहि अवधि भित्र रु १ अर्ब १७ करोड ७४ लाख संचालन मुनाफा र रु १ अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२ दशमलव ७२ प्रतिशत र १४ दशमलव ३९ प्रतिशतले बृद्धि भएको छ । बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पुर्‍याएका सञ्चालकलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवम् कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ अध्यक्षबाट वितरण गरिऐको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले १५ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज कपनद्धारा’ १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ । माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत्त ‘स्नो याक फाउण्डेसन’लाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ ।

म्युजिक कम्पोजर एसोसीएसन नेपाललाई बैंकले सहयोग स्वरुप १५००००० रुपैयाँ प्रदान गरेको छ । यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था साथलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ र बेबी लाईफ होम किर्तिपुरलाई आर्थिक सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

साथै बैंकले ‘मानव अङ्ग प्रत्यारोपण केन्द्रलाइ’ आर्थिक सहयोग स्वरुप दुई लाख प्रदान गरेको छ । ‘त्रिवेणी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्र’ भिमढुंगालाई बैंकले आर्थिक सहयोग स्वरुप ५० हजार र न्यूरो सेवा दिई रहेको ‘दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि’लाई पाँच थान फ्रीज प्रदान गरेको छ । बैंकले विभिन्न शिक्षा, स्वास्थ्य, खेलकुद, संगीत प्रबर्धन जस्ता क्षेत्रमा बैंकले करिब ९० लाख को आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर शुक्रबार विहान बैंकिङ सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेका छ । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक नारायणहिटीपथ–हात्तिसार–कमलादी गणेश –तिन धारा–दरबारमार्ग—नारायणस्थान हुँदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । यस कार्यक्रममा सङ्गीतकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।