१ कार्तिक २०८३, आइतबार

आन्तरिक राजश्व कार्यालय पोखराद्वारा छ अर्ब राजश्व संकलन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ वैशाख । आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म रु छ अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य रु छ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो ।

पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका एक लाख २३ हजार ६६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २२० जना रहेका छन् ।

त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएकाको संख्या ११ हजार २७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको संख्या छ हजार ९६२ जना रहेको छ । चालु आवमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको लामिछानेको भनाइ छ । गत आवको साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन भएको थियो । –रासस