५ कार्तिक २०८३, बिहिबार

सामसङ ग्यालेक्सी एस नाइन प्लसमा १२८ जिबीको सुविधा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ बैशाख । नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा ग्यालेक्सी एस नाइन प्लसमा १२८ जिबी प्रस्तुत गर्ने भएको छ ।

अप्रिल १७ देखि सुरु भएको ग्यालेक्सी एस नाइन प्लस १२८ जिबीको प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको द्ययततभि कउभबपभच सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५ प्रतिशत सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १० प्रतिशत छुट र साथै केजिएच होटेलमा पाँ हजारमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि हरेक हप्ता एक हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई ग्यालेक्सी एस नाइन प्लस १२८ जिबीको रु १०९,९०० को मूल्य रु ५००० को क्यासब्याक उपलब्ध गराइनेछ । त्यसपश्चात् ग्यालेक्सी एस नाइन प्लसको प्रभावकारी मूल्य रु १०४, ९०० रहनेछ ।

ग्यालेक्सी एस नाइन प्लस १२८ जिबी अप्रिल २३, २०१८ देखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा Midnight Black  रङमा उपलब्ध हुनेछ ।