काठमाडौं । नेपाल चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलले आफ्नै फिल्म हलबाट बक्सअफिस टिकेटिङ सुरु गरेकी छिन् ।
साहसिक निर्णय गर्दै पौडेलले चाबहिलको गोपीकृष्ण मुभिज्बाट औपचारिक रुपमा बक्सअफिस अर्थात ई–टिकेटिङको सुरुवात गरेकी छिन् । परीक्षण स्वरुप सुरु भएको यो प्रविधिलाई वैशाख १० गतेदेखि उपत्यकाभित्र अनिर्वाय गरिनेछ ।
लामोसमयदेखि चलचित्र क्षेत्रले प्रतिक्षा गरेको बक्सअफिस प्रणाली अर्थात ई–टिकेटिङ सिष्टम अब लागू हुने चरणमा पुगेका छ ।
उपत्यकामा सञ्चालिच सिङ्गल थिएटरमा वैशाखदेखि ई–टिकेटिङ सिष्टम लागू हुनेछ । ई–टिकेटिङ लागू भएमा फिल्म निर्माताहरूलाई फिल्मको आम्दानीका बारेमा सत्यतथ्य थाहा हुनेछ ।
बक्सअफिसका लागि एपिआई प्रविधी अपडेटको काम भइरहेको छ । कोटेश्वरमा रहेको पुष्पाञ्जलि, बौद्धस्थित सिद्धार्थ, कलंकी लगायतका फिल्म हलमा पनि ई–टिकेटिङ प्रणाली हुनेछ ।
अध्यक्ष पौडेलले हल सञ्चालक तथा निर्माताहरूकै सल्लाहमा नयाँ आर्थिक वर्ष २०७५/०७६ अर्थात साउनदेखि पूर्ण रुपमा देशभयरि नै बक्स अफिस अनिवार्य लागू गरिने बताइन् । पौडेलका अनुसार उपत्यका बाहिरका फिल्म हलहरूमा सरोभर जडानको काम भइरहेको छ ।
आर्थिक अवस्था कमजोर रहेका सिङ्गल थिएटरलाई बोर्ड सहयोग पनि गर्नेछ । राज्यलाई तिर्नुपर्ने करमा हल सञ्चालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनुपर्ने अध्यक्ष पौडेलले उल्लेख गरिन् ।















प्रतिक्रिया